कोरोनाको प्रकोप : अमेरिकामा सोमवार थपिए यति धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख ८ हजार ७७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४ लाख ७ हजार ८५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ६४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा अहिले ४२ लाख ३५ हजार ४२३ जना स्वास्थ्योपचार गराईरहेका छन् भने पछिल्लो २४ घण्टामा ५४९ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ९४९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म १ लाख २८ हजार ७८३ जनाको मृत्यु भएको छ भने २६ लाख ८१ हजार ८११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख १७ हजार १७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ४९६ जनाको मृत्यु भएको छ भने ४ लाख १७ हजार ३२८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा २ लाख २२ हजार ९८५ जनालाई संक्रमण भएको छ भने ५ हजार ९७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १५ हजार १२३ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३९९ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा सोमवार मात्रै ४४ हजार ७३४ जना नयाँ संक्रमित थपिएका छन् भने ३४६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?