२०७७, १६ असार मंगलवार ०७:५९

विश्वमा कोरोनाबाट पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु, संक्रमित झनै बढ्न थाले


प्रकाशित मिति : २०७७, १६ असार मंगलवार ०७:५९

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख ८ हजार ७७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४ लाख ७ हजार ८५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ६४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ५३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा अहिले ४२ लाख ३५ हजार ४२३ जना स्वास्थ्योपचार गराईरहेका छन् भने पछिल्लो २४ घण्टामा ५४९ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ९४९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस