छिमेकी देश भारतमा कोरोनाका कारण १६ हजार ८ सय बढीको गयो ज्यान

काठमाडौं । छिमेकी देश भारतमा बितेको २४ घण्टामा १७ हजार जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ९ सय ३१ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १६ हजार ८ सय ९९ जनाको ज्यान गएको र ३ लाख ३४ हजार ९ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय १२ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ६ हजार ८० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ३ लाख ३१ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५६ लाख ८ हजार १ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ४ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?