कोरोना अपडेटः विश्वभर १ करोड ३ लाख बढीमा फैलियो संक्रमण, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ६ हजार ८० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ३ लाख ३१ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५६ लाख ८ हजार १ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ४ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ५ सय ५७ पुगेको छ । बितेको २४ घण्टामा १५ हजार २ सय ७५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ५२ हजार ३ सय ३४ पुगेको छ । हालसम्म १० लाख ९९ हजार १ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय २० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ५७ हजार ७ सय ७७ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ७ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको र १ सय १६ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १३ लाख ५२ हजार ७ सय ८ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ७ लाख ३३ हजार ८ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म ६ लाख ४१ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देखिएको र ९३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार १ सय ६६ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ३ हजार ४ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १७ हजार जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ९ सय ३१ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १६ हजार ८ सय ९९ जनाको ज्यान गएको र ३ लाख ३४ हजार ९ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय १२ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ५ सय ७५ पुगेको छ । बितेको २४ घण्टामा ८ सय १४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ११ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २५ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये २ सय ७६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा बितेको २४ घण्टामा २ सय जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९९ हजार ५० पुगेको छ । हालसम्म २८ हजार ३ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र ३ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय १७ पुगेको छ । हालसम्म २ लाख ७९ हजार ४ सय १९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ६७ हजार ९ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ४४ पुगेको छ । बितेको २४ घण्टामा १ सय ६६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ४ सय ३६ पुगेको छ । हालसम्म १ लाख ८९ हजार १ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ९६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?