यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण १ हजार ५ सय ९९ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ८६ हजार ४ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ४८ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै ३ हजार ९ सय ४३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा १ लाख २७ हजार १ सय १८ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार २ सय ८५ जनाको अवस्था गम्भिर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ६ हजार ६८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ३ लाख २९ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५६ लाख ७ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ४ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?