अमेरिकामा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ५ सय ५७ पुगेको छ । बितेको २४ घण्टामा १५ हजार २ सय ७५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ५२ हजार ३ सय ३४ पुगेको छ । हालसम्म १० लाख ९९ हजार १ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय २० जनाले ज्यान गुमाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ६ हजार ६८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ३ लाख २९ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५६ लाख ७ हजार ८ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ४ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?