१३ हजार बढीमा देखियो कोरोना संक्रमण, बितेको २४ घण्टामा कति गरियो पीसीआर परीक्षण ?

काठमाडौं । गत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित १२१ जना आज निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ८३४ जना पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २२ वटा प्रयोशालामा ७ हजार ७९१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए। एक हजार ८२२ जनाको आरडिटी परीक्षण गरिएको छ । तीन हजार ६८५ जनाको आरडिटी परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या ५७ हजार ३६८ पुगेको छ । आइसोलेसनमा रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या १० हजार ८५ रहेको छ ।

त्यसैगरी २४ घण्टामा देशैभरि ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म एक हजार ५८६ महिला र ११ हजार ६६२ गरी जम्मा १३ हजार २४८ जना सङ्क्रमित भएका छन् । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोभिड–१९ बाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

प्रवक्ता गौतमले भने, “हाल काठमाडौं उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले कोरोना लागेको छ कि भन्ने डरले घरमै बस्नुभन्दा पनि समयमै परीक्षण गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?