काठमाडौं । गण्डकी प्रदेशका ५ जिल्लामा थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश क्षयारोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा थप ५३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको छ । सोमवार साँझ थपिएका ५३ कोरोना संक्रमित मध्ये स्याङ्जाका १०, तनहुँका १०, बागलुङका १४, पर्वतका १३ र गोरखाका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै गण्डकी प्रदेशमा हालसम्म २ सय १४ जनाले कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया