बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी, यस्तो हुँदैछ छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयका साथै हवाइ सेवा सञ्चालनका विषयमा छलफल हुने छ ।

बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

यसअघि बसेको कोरोना भाईरस ‘कोभिड(१९’ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । साथै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गुरागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?