कराँचीको स्टक एक्सचेन्जमा हमला, अहिलेसम्म पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा भएको हमलामा चार आतंकवादीको मृत्यु भएको छ ।

स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादीहरु सुरक्षाकर्मीको कारवाहीमा परेर मरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सोमवार बिहान १० बजेको समयमा चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश खाज्दा सुरक्षाकर्मीको कारवाहीमा परेर उनीहरु मारिएका बताइएको छ । उनीहरुले भवनभित्र पसेर अन्धाधुन्द गोली प्रहार गर्न थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त घटनामा परेर दुई जना सर्वसाधारणको पनि मृत्यु भएको र अन्य केही घाइते भएका समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका सर्जन डा. करार अहमद अब्बासीका अनुसार हालसम्म ५ जनाको शव र प्रहरीसहित सात जना घाइतेलाई डा. रुथ पफाउ सिभिल अस्पतालमा लगिएको छ ।

अक्रमणकारीहरुबाट हतियारसहित केहि विस्फोट पदार्थ बरामद गरिएको सुरक्षाकर्मीले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?