काठमाडौं – आज धान दिवस मनाईँदैछ । असार १० गतेसम्मको तथ्यांक अनुसार देशभर औसत २० प्रतिशत रोपाई सकिएको छ ।
उच्च पहाडी भागमा २६ प्रतिशत मध्य पहाडी भागमा २० प्रतिशत र तराईमा १९.७५ प्रतिशत रोपाई भएको छ ।
किसानले युरीया र रासायनिक मलको अभाव झेलिरहेका छन् ।
मानो रोपेर मुरी फलाउने कृषकले यस दिन दही चिउरा पनि खाने गर्दछन् । तर कोरोना भाईरस ‘कोभिड – १९’ को कारण यो वर्ष भने धान दिवसको रौनक छैन ।
कोरोनाको जोखिम बढीरहेको विषम परिस्थिती गुजारेका आम नागरिक सलहको नेपाल प्रवेश सँगै चिन्तित हुन थालेका छन् ।
अफ्रिकी देशबाट ईरान पाकिस्तान भारत हुदै आएको यो फट्याङ्ग्रा प्रजातिको कीराले हरियोपरीयो सखाप हुनेगरी खाईदिने भएकोले कोरोनाको मार खेपेका कृषकले अर्को अप्ठेरो पनि झेल्नुपर्ने अवस्था आउने हो की भन्ने चासो र चिन्ता बढेको छ ।
यसै सन्दर्भमा लोकपथ डटकमले नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालसँग प्रश्न राखेका थियौँ सलहबाट बीउ राखिएको धान जोगाउने कसरी ?
उहाँका सुझाव यस्ता छन् :
बालीको प्राथमिकता निक्र्यौल गर्ने : आफ्ना खेतीपातीमध्ये सबैभन्दा प्रमुख खेतिबाली कुन हो ? यसको यकिन गर्ने
अहिले धान रोपाईको समय भएकोले ब्याडमा राखिएको धानको बीउ सुरक्षित गर्न सलह आफ्नो क्षेत्रमा आए नआएको बारे जानकारी राखिरहने
बालीलाई झुल वा नेटको प्रयोगले कीराको आक्रमणबाट जोगाउन सकिन्छ ।
बोटहरु हल्लाउने गर्न सकिन्छ ।
कीराहरुलाई लखेट्न सकिन्छ ।
बाली भएको ठाउँमा होहल्ला गर्ने (हाहा/हुहु) चिच्याएर कराएर हाट्टहुट्ट पारेर ताली बजाएर धपाउने
टिन /जस्तापाता /मादल/ ढोलक बजाउने
‘स्पीकर’ जोडिदिन सकिन्छ
धुँवा लगाउन सकिन्छ
स्प्रेहरु हाल्न सकिन्छ
गाईको गहुँत/ लसुनपानीको मिश्रण छ्याप्ने
सलहलाई पक्रेर मारेर सुकाएर कुकुराको लागि माछाको लागि दाना बनाउन सकिन्छ । यो मानवले पनि खान सकिन्छ । तर होसीयार ! यसरी वैकल्पिक प्रयोगमा ल्याएका सलह बिषदी हालिएको ठाउँमा बसेको वा मरेको हुनुहुँदैन ।
(यो भिडियोमा हेर्नुहोस् सलह के हो? कसरी नेपाल आयो ? यसले कसरी असर पुर्याउँछ ? बाली जोगाउन के गर्ने किसानको भूमिका के ? स्थानीय सरकारले के गर्ने प्रदेश सरकार र केन्द्र सरकारको भूमिका के हुन्छ ? अन्तरदेशीय छलफल किन आवश्यक छ ?)
https://www.facebook.com/lokpath9/videos/3345862342142950/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया