देशभर कस्तो रहला आज दिनभरिको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा सामान्य देखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको बताएको छ ।

साथैमहाशाखाले दिउँसोमा भने देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?