कोरोना कहर : महामारीबाट ब्राजिलको अवस्था भयावह बन्दै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ४ हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने १ करोड २ लाख ४२ हजार ९३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख ५३ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ५७ हजार ६५८ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ४५ हजार २५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ३३ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा आईतवार २९ हजार ३१३ जना संक्रमित थपिएका छन् भने ५५५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?