कोरोना: छिमेकी मुलुक भारतमा झन्डै ९ हजारको स्वास्थ्य अवस्था गम्भिर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख २ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १ लाख ७६ हजार ३५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख १० हजार ५८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ४८५ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ४८ हजार ८५७ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख २१ हजार ७६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?