काठमाडौं । दक्षिण एसियाली देश भुटानमा आइतबार थप एक जनामा कोरोना संक्तमण पुष्टि भएको छ । योसँगै भुटानमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।
हालसम्म भुटानमा ३८ जना संक्रमित निको भइसक्दा ३८ जनाको उपचार भइरहेको छ र उनीहरु सबैको अवस्थामा सामान्य रहेको समाचारमा जनाइएको छ ।
हालसम्म भुटानमा एक जनाको पनि मृत्यु भएको छैन । भुटानले संक्रमण न्यूनीकरणका लागि अपनाएको सजगताका कारण संक्रमण फैलिन नपाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया