काठमाडौंमा कोरोनाको खतरा कति ? जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको सुझाव यस्तो

काठमाडौं – उपत्यकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ भन्दछन् जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डे । उहाँ लेख्नुहुन्छ – विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ ।

उहाँको मत यस्तो छ : 

काठमाडौं उपत्यका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ । यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ । राज्यले पनि काठमाडौंमा सर्भे तथा परिक्षण गर्ने उत्सुकता देखाएको छैन । मेरो बिचारमा काठमाडौंमा संक्रमण कम हुनुका केहि कारण यस्ता छन्  :

१. काठमाडौंको जनसंख्या बढी नै सतर्क हुने मनोवृत्तिको छ । लकडाउनपछि पनि धेरै नागरिक घरबाहिर एकदम कम निस्केका छन् ।

२. भारतबाट फर्किएर काठमाडौं आउने नागरिकको संख्या नगन्य छ । एयरपोर्ट बन्द भएको हुँदा र चार्टर उडानमा आएका परीक्षण गरेर आउने, उनीहरुलाई क्वारेन्टाइनमा राखेर यहाँ पनि परीक्षण गर्ने तथा संक्रमितलाई अस्पतालमा राख्ने प्रणालीको कारण समुदायमा संक्रमण जान सकेको छैन ।

३. टेस्ट रिपोर्ट र सिफारिसबिना काठमाडौं आउन नपाइने समाचारको कारण अधिकांश व्यक्तिले यो झंझट गर्नुभन्दा केहि समयपछि काठमाडौं आउने मनस्थितिमा छन् । त्यस्तै सार्वजनिक यातायात नचलेको हुँदा आम नागरिकलाई काठमाडौं आउन कठिन छ ।

४. अब्यबस्थित क्वारेन्टाइनको कारण अन्य जिल्लामा संक्रमण बढेको छ । काठमाडौं उपत्याकामा क्वारेन्टाइनको संख्या न्यून भएको तथा भएका क्वारेन्टाइन पनि ब्यबस्थित भएकोले संक्रमण फैलिन पाएको छैन ।

५. घाम ताप्ने, घरमै पकाएको ताजा खाना खाने, मास्क लगाउने, व्यक्तिगत दुरीको ख्याल गर्ने, हात धोइरहने, ब्यायाम गर्ने, दीर्घऔषधिसेवीले औषधि नछोड्ने, स्वास्थसेवाको पहुँच सहज भएको तथा चेतनाको स्तर केहि माथि भएको हुँदा कोरोनको कडी तोडिएको पनि हुनसक्छ ।

६. बन्द हलमा कन्सर्ट, नाचगान, कार्यक्रम आदि नभएको, स्कुल / कलेज / सिनेमाघर / बन्द रहेको तथा भोजभतेर न्यून भएको हुँदा संक्रमण सिमित रहेको पनि हुनसक्छ ।

७. जनवरी / फेब्रुअरीतिर काठमाडौंमा रुघाखोकीतथा ज्वरो निकै फैलिएको थियो । त्यो कोरोना संक्रमण हुनसक्छ । यदि त्यो मौसमी रुघाखोकी भनिएको कोरोना संक्रमण थियो भने धेरै व्यक्ति इम्युन भएको हुनसक्छ । यसको लागि राज्यले गुणस्तरीय र्यापिड किट ल्याएर इम्युनोग्लोबिन टेस्ट गर्नुपर्दछ । र्‍यापिड टेस्ट काम लाग्ने सर्भेको लागि हो । अहिलेपनि काठमाडौं उपत्यकामा सर्भे गर्न सकिन्छ । तर बिध्यमान गुणस्तरहीन किटले सहि रिपोर्ट आउदैन । 

८. संक्रमित क्षेत्रबाट नागरिक आइरहेको हुँदा भित्रभित्रै भुसको आगोको रुपमा नदेखिएको पनि हुनसक्छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा १-२ जना / १-२ जना पोजिटिभ देखिइरहेका छन् । यो अवस्था थाहा पाउन PCR Test को दायरा बढाउन पर्ने देखिन्छ । 

९. काठमाडौंबाट सिधै मुस्तांग लगायतका बिभिन्न ठाउँमा गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट अनुमान गर्न सकिन्छ कि काठमाडौं कोरोनामुक्त छैन । 

१०. काठमाडौंमा नियमित र्यापिड किटबाट सर्भे, PCR Test बाट कोरोना संक्रमणको परीक्षण, मास्क / सामाजिक दुरीमा कडाइ, आवतजावतमा नियमन तथा कन्ट्याक्ट ट्रेसिंग, शिल आदिलाई अहिले नै तीब्र गतिले प्रबन्ध नगर्ने हो भने यहाँ कोरोना संक्रमण फैलिएमा दिल्ली, मुम्बई लगायतका सहरको अवस्था आउन सक्छ भन्ने कुरा सरकार र हामी नागरिकले बुझ्नु जरुरी छ । हामी सुरक्षित छैनौं तसर्थ थप सतर्क बन्नु जरुरी छ । 

११. काठमाडौं वरिपरीका हरेक नाकाबाट शंकास्पद आगन्तुकलाई क्वारेन्टाइनमा राख्ने, परिक्षण गर्ने तथा यो असार, साउन र भदौमा १५ दिन कडा लकडाउन गर्ने, १५ दिन खुकोलो गर्ने रणनीति अबलम्बन गर्ने हो भने संक्रमित १५ दिनमा निको हुन्छन् वा अस्पताल जान्छन् तथा उनीहरुले स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् । यो मोडेल अपनाउने हो भने ४० लाख जनसंख्या भएको काठमाडौंलाई बचाउन सकिन्छ ।  

नेपालमा कोरोना अपडेट : कहाँ कति थपिए संक्रमित ? ४ सय ६३ जनाको विवरण यस्तो

नेपालमा आइतबार कोरोना भाइरस (कोभिड-१९) का ४ सय ६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

कति भयो परिक्षण ? 

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

कति छन् क्वारेन्टाईनमा ? अस्पतालमा ?

आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

कहाँका हुन् थपिएका ?

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : मोरङका १ जना महिला र १६ जना पुरुष, झापाका २ जना महिला, उदयपुरका ४ जना महिला र २ जना पुरुष र इलामका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : सुनसरीका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा:  धनुषाका ४ जना महिला र ६ जना पुरुष,महोत्तरीका ३ जना महिला र ५३ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : डडेलधुराका १ जना पुरुष,अर्घखाचीका २ जना महिला र ४ जना पुरुष,दार्चुलाका १ जना पुरुष,दोलखाका १ जना महिला र १ जना पुरुष,गोरखाका १ जना पुरुष,गुल्मीका १७ जना पुरुष,खोटाङका २ जना महिला र २ जना पुरुष,रौतहटको २ जना महिला र १५ जना पुरुष र सर्लाहीका १ जना पुरुष र सिन्धुपाल्चोकका १ महिला

टिकजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : गुल्मीका २० जना पुरुष र कपिलवस्तुका २ जना पुरुष

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : धादिङका १ जना महिला, ललितपुरका १ जना महिला

त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : बाजुराका २९ जना महिला ३४ जना पुरुष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : कास्कीका ५ जना महिला,नवलपरासी पूर्वका २ जना महिला र २९ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना महिला र २७ जना पुरुष, पर्वतका २ जना पुरुष, सल्यानका १ जना पुरुष, तनँहुका ३ जना महिला र ३ जना पुरुष, लमजुङका १ जना पुरुष र म्यादीका २ जना महिला
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : कपिलवस्तुका १ जना महिला,पाल्पाका २ जना पुरुष,प्यूठानका २ जना महिला ३३ जना पुरुष, गुल्मीका १ जना पुरुष र रुपन्देहीका ४ महिला र ८ जना पुरुष

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परिक्षणमा : दाङका ७ महिला र २७ जना पुरुष, कपिलवस्तुका ५ जना पुरुष र रोल्पाका १ जना पुरुष

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : बाजुराका ११ जना महिला र २१ जना पुरुष, रुकुम पश्चिमका १ जना पुरुष र सल्यानका १ जना पुरुष

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : कैलालीका ४ जना महिला र १३ जना पुरुष र डोटीका ९ जना महिला ४ जना पुरुष

नेपालमा थप १७९ जना कोरोनामुक्त : 

नेपालमा थप १७९ कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।

आज रौतहटबाट ४६ जना पुरुष, धनुषबाट ११ जना पुरुष, नारायणी अस्पताल पर्साबाट ५ जना महिला २३ जना पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ जना पुरुष, साइ कृष्ण आइसोलेशन सप्तरीबाट १ जना महिला र १५ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहबाट ३ जना पुरुष, महेन्द्र जनरल अस्पताल सिराहबाट १ महिला र १२ जना पुरुष र कलैया अस्पताल बाराबाट १७ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका १ सय ७९ जना मध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका छन् । त्यस्तै, डिस्चार्ज भएका कुल ३ हजार १३ जना मध्ये २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?