काठमाडौं – हिजो छिमेकी मूलुक भारतबाट नेपाल प्रवेश गरेको सलह लमजुङको विभिन्न स्थानमा देखिएको छ।
जिल्लाको सुन्दरबजार नगरपालिका – ६ फेदीकुना क्षेत्रका किसानहरुको बालीमा सलह किरा देखिएको हो ।
त्यहाँ थोरै मात्रामा सलह भेटिएका छन् । यसको कारण समय समयमा वर्षा भईरहेका कारण ति किराको यात्रा बिथोलिएको हुनसक्छ ।
हावाको गति र पानीका कारण थोरै मात्रामा फेदीकुना क्षेत्रमा झरेको हुनसक्ने अनुमान छ । तर तराईबाट छिरेको सलह एकैदिनमा पहाड उक्लिएको छ । काठमाडौंका एक दुई ठाउँ र ललितपुरमा समेत केहि सलह देखिएको छ ।
धानको बीउ, कोदोको बीउ राखेका किसानलाई उच्च सर्तकता अपनाउन भनिएको छ । फट्यांग्राकै एक प्रजातिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने कीराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ। भनिन्छ- ‘यसले ३ घण्टा खाएको खानेकुरा ३६ हजार मानिसको दुई छाक बराबर हुन्छ । यो निकै टाढा टाढा सम्म यात्रा गर्न सक्ने कीरा हो ।’
सलह रातिमा केहि निस्क्रिय हुने र पानी परेका कारण कम सक्रिय हुने भएकाले पनि अहिले नदेखिएको हुन सक्ने कृषि प्राविधिकहरुको अनुमान छ ।
धानको बीउ, कोदोको बीउ राखेका किसानलाई उच्च सर्तकता अपनाउन भनिएको छ । फट्यांग्राकै एक प्रजातिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने कीराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ। भनिन्छ, यसले ३ घण्टा खाएको खानेकुरा ३६ हजार मानिसको दुई छाक बराबर हुन्छ । यो निकै टाढा -टाढा सम्म यात्रा गर्न सक्ने कीरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया