काठमाडौं । लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामक कदमलाई दुरुत्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डिफेन्स हतियार प्रणालीसहित सैन्य संख्या बढाएको द हिन्दूस्तान टाइम्सले जनाएको छ ।
यसअघि गलवान क्षेत्रमा भएको भिडन्त २० भारतीय सैनिक मारिएका थिए भने १५ जना घाइते भएका थिए, यता चीनतर्फ भने हालसम्म क्षतिको कुनै विवरण सार्वजनिक गरिएको छैन ।
‘पूर्ण तयार हुनुपर्ने यो अवस्थामा हामी कुनै पनि घटनाका लागि तयार छौं भनेर समन्वयकारी भूमिका निभाइरहेका सबै निकायबाट आवश्यक मापदण्ड अपनाइएको छ,’ नाम उल्लेख नगरिएका एक व्यक्तिले भनेका छन् ।
भारतको सैनिक आर्सनलमा स्थानीय आकाश, इजरायली स्पाई डेर, सेभियतकालिन पेचोरा र ओएस–एके प्रणालीजस्ता एयर डिफेन्स हतियार समावेश छन् । एयर डिफेन्स प्रणालीले फाइटर जेट, हेलिकप्टर र एरियल गाडीहरुको निशाना रोक्नसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया