‘मोदी साधारण व्यक्ति नभई मानसिक रोगी हुन्’ पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं । यो हप्ता पाकिस्तामा छापिने उर्दू पत्रिकामा कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एउटा बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबरले अत्याधिक चर्चा कमायो।

उक्त पत्रिकाका अनुसार प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री मोदीलाई ‘मोदी साधारण व्यक्ति नभएको र उनी मानसिक रोगी भएको साथै भारतलाई विध्वंसतिर लगेको’ बताएका छन् ।

प्रधानमन्त्री खानले पाँच अगस्ट पछि भारत प्रशासित कश्मीरको समस्यालाई विश्वमा उजागर गर्नका लागि आन्दोलनका कार्यक्रम चलाइने पनि बताएका छन् ।

‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले उक्त कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजनाका बेला गरेका हुन् ।

यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ ।

‘भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले भारत प्रशासित कश्मीरमा नरसंहार गराउन लागेको र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपपर्छ भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आडमा दबाउन सकिँदैन ।’ खानले भने ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?