काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ करोड ८६हजार ६९० जनालाई संक्रमण भएको छ भने ५ लाख १ हजार ३९२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ५४ लाख ६४ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ५७ हजार १०३ जनाको मृत्यु भएको छ भने १३ लाख १५ हजार ९४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख १५ हजार ९०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा शनिवार मात्रै ३५ हजार ८८७ जना संक्रमित थपिएका छन् भने ९९४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया