कोरोनाको प्रकोप : भारतमा शनिवार अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख १ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८२ हजार ६१३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५४ लाख ५८ हजार ५२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार १०३ जनाको मृत्यु भईसकेको छ ने ५ लाख २९ हजार ५७७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख १० हजार १४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शनिवार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । शनिवार मात्रै त्यहाँ २० हजार १३१ जना संक्रमित थपिएका हुन् भने ४१४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?