यस्तो छ अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९८ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ९९ हजार १९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५४ लाख १४ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २७ हजार ८९१ जनाको मृत्यु भईसकेको छ भने २५ लाख ७५ हजार ३६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ७० हजार ५९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?