धादिङमा थपिए ३ कोरोना संक्रमित

काठमाडौं । शुनिवार धादिङका थप ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । शनिवार रसुवामा पहिलोपल्ट कोरोना संक्रमण देखिएसँगै नेपालका ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

बितेको २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी जम्मा ५५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका ५५४ जना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १३ सय ६९ जना महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।

बितेको २४ घण्टामा थप १३६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

उनीहरुमध्ये १८ जना महिला र ११८ जना पुरुष छन् । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ हजार ८ सय ३४ जना पुगेका छन् । यसैबीच आज थप एकजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?