विश्वकै चिसो ठाउँमा आगोले मच्चायो हंगामा

काठमाडौं । संसाधनको अत्याधिक प्रयोगले ग्लोबल वार्मिङको खतरा बढ्न थालेको छ ।

जसका कारण ग्लेशियर पग्लिनुका साथै जंगलमा आगो लाग्ने घटनाहरु धेरै हुन थालेका छन् । यसैबीच संसारकै सबैभन्दा धेरै चिसो क्षेत्र अर्थात् रुसको वर्खोयान्स्कमा एक भयंकर दृश्य देखिएको छ ।

वैज्ञानिकका अनुसार माएनस ६७ सम्म रहने त्यहाँका तापक्रमा अहिले ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

त्यहाँको जंगलमा पनि आगो लागिरहेको छ । उक्त आगो केहि किलोमिटरसम्म फैलिएको बताइएको छ ।

यो ठाउँ साइबेरियाको पूर्वी इलाका नजिकै पर्दछ । त्यहाँको तापक्रम सधैँ थोरै मात्र हुने गर्दथ्यो । त्यहाँ एक पटक माइनस ६८ डिग्री सेल्सियस सम्म पुगेको थियो । तर अहिले त्यहि ठाउँमा आगो निस्किएको छ ।

त्यहाँ २० जूनलाई इतिहासकै सबैभन्दा गर्मी दिन रेकर्ड गरिएको छ । त्यो बेला ३८ डिग्री सेल्सियस रहेको थियो ।

यसै सिलसीलामा एक नक्शा जारी गरिएको छ । जसमा आर्कटिक क्षेत्रमा साइबेरिया समेत अन्य क्षेत्रहरुको जमीनको तापक्रम बढ्दै गईरहेको देखिएको छ ।

नासा गोडार्ड इन्स्टीट्यूट फर स्पेस स्टडीजका निर्देशक ग्याभिन स्मिटले आर्कटिकको उक्त क्षेत्रमा तापक्रम यति धेरै बढ्नु खतराको संकेत रहेको बताएका छन् ।

उनले बितेको १०० वर्षको आँकडाका अनुसार यस इलाकाको तापक्रममा औसत ३ डिग्री सेल्सियस रहेको बताउँदै अचानक अहिले गर्मी बढ्नुले खतराको संकेत गरेको बताए।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?