कोरोनाको प्रकोप : अमेरिकामा शुक्रवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त । महामारीका कारण अहिलेसम्म ४ लाख ९६ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ६ हजार ५८५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५३ लाख ५७ हजार ९९६ जना स्वास्थ्योपचार पछि निको भईसकेका न् भने ५७ हजार ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा अहिलेसम्म १ लाख २७ हजार ६४० जनाको मृत्यु भईसकेको छ भने २५ लाख ५२ हजार ९५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ६८ हजार ७०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा शुक्रवार मात्रै ४७ हजार ३४१ जना संक्रमित थपिएका छन् । जो अमेरिकामा एकैदिन थपिएका अहिलेसम्मकै धेरै संक्रमित हुन् ।

त्यस्तै शुक्रवार नै अमेरिकामा ६६३ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ४२१ जनाको मृत्यु भएको छ भने ४ लाख १५ हजार २०७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ५ हजार ८७२ जनाको मृत्यु भएको छ भने २ लाख ६ हजार ६२३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७५ हजार ७५९ जनालाई संक्रमण भएको छ भने १५ हजार ५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?