काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ९४ हजार १ सय ४ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ९८ लाख १३ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५३ लाख २ हजार ४ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ५ सय १५ जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ९७ पुगेको छ । बितेको २४ घण्टामा २३ हजार २ सय २५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख २७ हजार ८ सय १३ पुगेको छ । हालसम्म १० लाख ५४ हजार ९ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ५५ हजार ३ सय ४ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ११ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको र २ सय ५० जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १२ लाख ४४ हजार ४ सय १९ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ६ लाख ७३ हजार ७ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख २० हजार ७ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार ७ सय ८१ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ लाख ८४ हजार १ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १८ हजार जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९ हजार १ सय ७० पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १५ हजार ६ सय ८९ जनाको ज्यान गएको र २ लाख ९५ हजार ९ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ३ सय ८१ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ४ सय १४ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ९ हजार ३ सय ६० पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ८४ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ४ सय १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ९ सय ८५ पुगेको छ । हालसम्म २८ हजार ३ सय ३८ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र ८ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ६१ पुगेको छ । हालसम्म २ लाख ६८ हजार ६ सय २ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ५६ हजार ७६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७ सय ८ पुगेको छ । बितेको २४ घण्टामा २ सय ५५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ९ सय ६१ पुगेको छ । हालसम्म १ लाख ८७ हजार ६ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया