अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २७ हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ९४ हजार ६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभरका ९८ लाख ११ हजार २ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५३ लाख २ हजार २ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ५ सय १५ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ९७ पुगेको छ । बितेको २४ घण्टामा २३ हजार २ सय २५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख २७ हजार ८ सय १३ पुगेको छ ।

हालसम्म १० लाख ५४ हजार ९ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय १७ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?