यस्तो छ खाडी मुलुक साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण १ हजार ४ सय ७४ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ७४ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ४६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै ३ हजार ९ सय ३८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा १ लाख २० हजार ४ सय ७१ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ५२ हजार ६ सय ३२ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४ लाख ९३ हजार ९ सय ९६ जना मानिसको मृत्यु भइसकेको छ । भने ९८ लाख ८ हजार २ सय ७६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ५२ लाख ९९ हजार ९ सय २० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?