मन्त्री लम्सालद्वारा क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरीक्षण

काठमाडौं । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले आज म्याग्दीको सदरमुकाम वेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरीक्षण गरेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्न वेनी आएका मन्त्री लम्सालले न्यू वेष्ट प्वाइट आवासीय माविमा रहेको क्वारेन्टाइन र खुलामञ्चस्थित शैक्षिक तालीम केन्द्रमा रहेको आइसोलेसन कक्षको निरीक्षण गरेका हुन् ।

निरीक्षण पछि जिल्ला समन्वय समितिको हलमा आयोजित छलफल कार्यक्रममा मन्त्री लम्सालले कोरोना सङ्क्रमणबाट जोगिन म्याग्दीले गरेको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको व्यवस्थापन अरू जिल्लाका लागि पनि अनुकरणीय रहेको बताउँदै आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले धौलागिरि क्षेत्रका कुनै एउटा अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने र यस क्षेत्रका स्वाब यही परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी पनि दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?