बोधी मार्ग दर्शनविरुद्ध राज्यको नीति गलतः सांसद लामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले बोधी मार्ग दर्शनविरुद्ध राष्ट्रले अवलम्बन गरेको नीति र दुव्र्यवहारले शुभचिन्तकलाई दुखित बनाएको बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद लामाले आज प्रेस विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक एवं दार्शनिक आस्थाका आधारमा राज्यले पूर्वाग्रहित बनाएको व्यवहारले सबैलाई दुखित बनाएको बताएका हुन् ।

उनले धर्मनिरपेक्ष राष्ट्र नेपालमा बोधी मार्गदर्शन मैत्री धर्म एक जगत, एक प्राणी, एक धर्मको सीमानिहित संसार बनाउने महान उद्देश्यले प्रेरित संस्थामाथि प्रहार हुन खोजेको आरोप लगाएका छन् । नेता लामाले राज्यलाई सबै धर्म, आस्था र सबै धर्मगुरु अनुयायीप्रति सहिष्णुता बन्नसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?