संयुक्त राष्ट्रसंघको कारमा शारीरिक सम्बन्ध बनाइराखेको भिडियो भाइरल, अनुसन्धान शुरु

काठमाडौं । संयुक्त राष्ट्रका अधिकारीद्वारा आधिकारीका कारमा एक महिलासँग शारीरिक सम्बन्ध गरिरहेको भिडियो भाइरल बनेको छ ।

ट्वीटरमा यो भिडियो अत्याधिक भाइरल बनेपछि अनुसन्धान शुरु भएको छ । यो भिडियो इजरायलको राजधानी तेल अवीवको रहेको बताइएको छ ।

उक्त भिडियो ट्वीटरमा शेयर गरिएको थियो । द न्यू ह्यूम्यानिटेरियलका अनुसार भिडियो तेल अवीवको एक व्यस्त सडक किनारबाट खिचिएको हो ।

भाइरल भिडियोमा एक संयुक्त राष्ट्रको कारको पछाडिको सीटमा बसेका एक व्यक्ति र एक रातो पोशाकमा रहेकी महिला देखिएका छन् । तर ड्राइभर भने यो भिडियोमा देखिएका छैनन् ।

अहिलेसम्मको जानकारीका अनुसार कारको प्लेट संयुक्त राष्ट्रसंघ ट्रुस पर्यावेक्षण संगठनको रहेको छ ।

संयुक्त राष्ट्रको शारीरिक सम्बन्धलाई लिएर एक नियम रहेको छ, जसमा शारीरिक सम्बन्धमा प्रतिबन्ध लगाइएको छ । तर अहिलेसम्म उनीहरु सहमतिमा शारीरिक सम्बन्ध गर्दै थिए वा अन्य केहि थियो भन्ने बारेमा भने केहि खुल्न सकेको छैन ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले यो घृणित हर्कत भएको बताएका छन् भने संयुक्त राष्ट्रसंघ लज्जित बनेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?