काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सकिएको छ ।
बैठकमा सीमा अतिक्रमण र नेपाल भारतको सीमाको मुद्धाको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त विषयमा १८ जना स्थायी कमिटिका सदस्यहरुले आफ्नो विचार राखेका थिए । बैठकका क्रममा परराष्ट्र मन्त्री एवम् स्थायी कमिटि सदस्य प्रदिप ज्ञवालीले शुरुवातमा उक्त विषयमा आफ्ना धारणा राखेका थिए ।
मन्त्री ज्ञवालीले नेपालले भारतसँग सीमा समस्या समाधानका लागि पटक पटक प्रस्ताव गर्दापनि भारतले तत्परता नदेखाएको धारणा व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए । साथै मन्त्री ज्ञवालीले भारतसँग कुटनीतिक माध्यमबाट वार्ता गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
“केही सञ्चारमाध्ययमहरुले चीनद्वारा पनि नेपालको भूमी अतिक्रमण भएको छ भन्ने जुन प्रचार भएको छ । त्यो सर्वथा जुटो, भ्रमात्मक, नियोजित प्रचारहरु हुन् भनेर जानकारी दिनुभएको छ । र चीनसँग सीमा अतिक्रमण सम्बन्धि कुनै समस्या नभएको जानकारी दिनुभएको छ ।” मन्त्री ज्ञवालीको भनाइ उद्रृत गर्दै प्रवक्ता श्रेष्ठले भने ।
त्यस्तै बैठकमा अन्य वक्ताहरु लिलामणी पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विस्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विक, वेदुराम भुसाल, रघुविर महासेठ, अमृत बोहरा, भीम रावल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव वडाल र नारायणकाजी श्रेष्ठले आफ्नो भनाइ राखेका थिए ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए ।
अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने कुरा महासचिवमार्फत ओलीले सन्देश पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
अर्को बैठक शनिवार बिहान ११ बजे बस्ने पनि प्रवक्ता श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया