सिरियामा सरकारी सेनाले गरेको बमबारीमा २५० बढी मारिए

एजेन्सी, ९ फागुन । सिरियाली सरकारले विद्रोहीको नियन्त्रणमा रहेको घौटा क्षेत्रमा लगातार दुई दिनदेखि जारी राखेको बमबारीमा परी २ सय ५० भन्दा बढीको मृत्यु भएको छ सहायता संगठन र बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमास्कस नजिकैको यो इलाकामा सन् २०१३ पछिकै भीषण हमला भएको जनाएका छन् । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका रहेका छन् संयुक्त राष्ट्र संघले अवस्था नियन्त्रण बाहिर जान थालेको भन्दै चिन्ता जनाएका छन् । राष्ट्रसंघले दुई दिन भएको आक्रमणका क्रममा कम्तीमा ६ वटा अस्पतालमा समेत क्षति पुगेको जनाएको छ राष्ट्रसंघका प्रवक्ता रियाल लेबलांकले भने, ‘नागरिक, अस्पताल र विद्यालयमा भइरहेको हिंसाको हामी कडा निन्दा गर्दछौं । मानवीय कानुनको यो चरम उल्लंघन हो । हामी सबै पक्षलाई सिरियामा शान्ति कायम गर्न अपिल गर्दछौं ।’सिरियन अब्जरभेटरीले पछिल्ला दुई दिनमा मात्रै २ सय ५० भन्दा बढी सर्वसाधारण मारिइसकेको जनाएको छ । सो क्षेत्रमा ४८ घन्टामा यतिधेरै सर्वसाधारणको मृत्यु भएको पछिल्लो ५ वर्षपछिकै ठूलो घटना हो राजधानी दमास्कस नजिकै विद्रोहीको नियन्त्रणमा रहेको यो एकमात्र इलाकालाई यही महिनाको सुरुदेखि आफ्नो नियन्त्रणमा लिन सेनाले निर्णायक कारबाही सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?