भारतलाई ३ पटक प्रस्ताव गर्दापनि वार्तामा बस्न चाहेनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले भारत आफैँ सीमा समस्या समाधानका लागि वार्तामा बस्न नचाहेको बताएका छन् । शुक्रवार बसेको पार्टीको स्थायी कमिटिको बैठकमा मन्त्री ज्ञवालीले नेपालले आग्रह गर्दापनि भारत आफैँ वार्तामा बस्न चाहिनरहेको बताए ।

नेपालले वार्ताका लागि तीनपटक भारतलाई प्रस्ताव पठाएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराएका छन् ।

“नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गर्‍यो । पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा । तर, भारतले कुनै जवाफ नै पठाएन ।” उनले भने ।

बैठकमा बोल्दै मन्त्री ज्ञवालीले आफुहरु वार्ता गर्न पटक पटक आग्रह गर्दापनि भारतले वास्ता नगरेको गुनासो गरेको छन् ।

पछिल्लो समय चीनले विभिन्न ठाँउमा नेपालको भूमी अतिक्रमण गरेको भन्ने समाचार बाहिरीरहेको बेला मन्त्री ज्ञवालीले चीनसँग कुनैपनि समस्या नभएको बताएका छन् । आगामी दिनमा कुनै समस्या आएमा पछिका दिनहरुमा संवाद गरि समाधान खोजिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?