काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ ।
बिहीवार संसद्मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए ।
Prime Minister Imran Khan speech at the assembly #PMIKAssemblySpeech pic.twitter.com/wta9RYm8Hd
— PTI Sindh Official (@PTISindhOffice) June 25, 2020
त्यही प्रसङ्गमा उनले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गरेका थिए । अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो ।
म कहिल्यै बिर्सिन सक्दिनँ -पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भयो। ओसामा बिन लादेनलाई अमेरिकीहरूले एबटाबादमा आएर मारिदिए, शहीद बनाइदिए, खानले भने ।
त्यसपछि पूरै विश्वले हामीलाई गाली गर्यो, जथाभावी भन्यो । हाम्रो सहयोगी हाम्रै मुलुकमा आएर कसैलाई मार्दैछ अनि हामीलाई भन्दैन । अनि उसको युद्धमा ७० हजार पाकिस्तानी मरिसके ।
योभन्दा ठूलो अपमान अरू के हुन्छ भन्ने प्रश्न गर्दै उनले अमेरिका र पाकिस्तानको सम्बन्धबारे प्रश्न गरे । सन् २०११ मा भएको एउटा नाटकीय र गुप्त सैन्य कारबाहीमा अमेरिकाले उनलाई मारिदिएको थियो ।
कसले के भने ?
खानको सम्बोधनपछि विपक्षी दलहरूले खानको आलोचना गरेका छन्। पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले खानको भनाइ उनको हिंसक अतिवादलाई खुसी बनाउने विगतू सँग मिलेको भन्दै कटाक्ष गरेका छन् ।
PM IK calling OBL a martyr in NA is consistent with his history of appeasement to violent extremism. It is during his govt that those involved in APS attack “escaped” & those involved in Daniel Pearls murder get relief. Running with the hare & hunting with the hound.
— BilawalBhuttoZardari (@BBhuttoZardari) June 25, 2020
सोही दलका सिनेटर मुस्तफा नवाजले खानलाई राष्ट्रिय सुरक्षाका लागि खतराु भन्दै इन्स्टाग्राममा एउटा भिडिओ सार्वजनिक गरेका छन् ।
ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएर इमरान खान राष्ट्रिय सुरक्षा खतरा बनेका छन्। यदि उनी शहीद हुन् भने अल कायदाको आक्रमणहरूमा बलिदान गर्ने सर्वसाधारण र हाम्रा सुरक्षा बलका सदस्यहरू के हुन्रुू उनको प्रश्न छ।
विपक्षी सांसद ख्वाजा मोहम्मद आसिफले पाकिस्तानमा आतङ्कवाद भित्र्याउनेू बिन लादेनलाई शहीद भनेकोमा संसद्मै आपत्ति प्रकट गरे।

उनी आतङ्कवादी थिए अनि प्रधानमन्त्री उनलाई शहीद भन्छन्, पाकिस्तानबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका डनले आसिफलाई उद्धृत गरेको छ।
बिहीवार राति ट्वीट गर्दै प्रधानमन्त्री खानका सहयोगी डा शहबाज गिलले खानको प्रतिरक्षा गरेका छन् ।
प्रधानमन्त्रीले शहीद बनाएको बाहेक मारिएको शब्द पनि प्रयोग गरेको उनको तर्क छ ।
Referring to PM’s speech in NA today, it is clarified that PM twice used the word “killed” for OBL. An unwarranted attempt is being made at home/abroad with a clear intent to make his remarks controversial unnecessarily.
— Dr. Shahbaz GiLL (@SHABAZGIL) June 25, 2020
प्रधानमन्त्रीको टिप्पणीलाई अनवाश्यक रूपमा विवादास्पद बनाउने प्रयास भएको उनले लेखेका छन् ।
उनका अनुसार प्रधानमन्त्री खान आतङ्कवादविरुद्ध प्रतिबद्ध छन् ।
बीबीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया