चीनमा पाँच घण्टा भित्र गए दुई शक्तिशाली भूकम्प, मानिसको भागाभाग

काठमाडौं । चीनमा पाँच घण्टाभित्रमा दुई शक्तिशाली भूकम्प गएको छ । चिनियाँ मिडियाका अनुसार चीनको शिनजियांग उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको हो ।

भूकम्पका कारण मानिसहरु घरबाट बाहिर निस्किएर भागाभाग गरेका थिए ।

ग्लोवल टाइम्सले ट्वीट गर्दै चीनको भूकम्प नेटवर्क केन्द्र (सीसीसी) का अनुसार शुक्रवार विहान ५ बजेर ५ मिनेट जाँदा उत्तर पश्चिम चीनको शिनजियाँग उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएकोजानकारी दिएको छ ।

भूकम्प ६.४ रेक्टर स्केलको गएको बताइएको छ । त्यसपछि दोश्रो भूकम्प विहान नौ बजेर ३० मिनेट जाँदा गएको थियो ।

दोश्रो भने ४.५ रेक्टर स्केलको भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?