काठमाडौं । कोरोना भाइरसको कहर लगातार जारी रहेको छ । यो महामारीको प्रकोप अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यसैबीच एक अनौठो घटना सार्वजनिक भएको छ ।
जसले चिकित्सा क्षेत्रलाई नै अचम्मित बनाईदिएको छ । यो घटना मेक्सिकोको हो ।
मेक्सिकोमा १७ जूनमा जन्मिएका ट्रिपलेट्स अर्थात् तिम्ल्याहा बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ । तर आमा र बुवामा भने कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बच्चालाई मात्र कोरोना पोजेटिभ आएपछि डाक्टर नै हैरान भएका छन् ।
यस्तो घटना संसारमै पहिलो
एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेक्सिकोकी स्वास्थ्य सचिव मोनिका रंगेलले यस विषयमा अनुसन्धान भईरहेको र यस्तो घटना संसारमै पहिलो पटक भएको जानकारी दिइन् । यो भन्दा अगाडी यस्तो घटना न देखेको न त सुनेको डाक्टरहरुले बताएका छन् ।
जन्मिएको ४ घण्टापछि भएको थियो टेस्ट
ट्रिपलेटमा एक छोरी र दुई छोरा जन्मिएका हुन् । उनीहरु जन्मिएको ४ घण्टापछि सान लुइस पोटोसीमा उनीहरुको कोरोना टेस्ट भएको थियो । जसमा रिपोर्ट पोजेटिभ आएको हो ।
परीक्षण गर्न आग्रह
मोनिका रंगेलले एक कन्फ्रेन्सका बेला बच्चका आमाबुवाको रिपोर्ट नेगेटिभ आएको र अब उक्त घटनाको अनुसन्धान गम्भीर रुपमा गर्न आवश्यक रहेको बताएकी छन् ।
यस कारण फैलिएको हुन सक्छ कोरोना
अमेरिकाको येल स्कूल अफ मेडिसिनका शोधकर्ताहरुका अनुसार गर्भनालबाट कोरोना फैलिएको घटना पनि सार्वजनिक भईसकेको छ ।
शोधकर्ताहरुका अनुसार नवजातमा कोरोनाको संक्रमण तब हुन सक्छ जब डेलिभरी गर्दा कोहि संक्रमित मानिसको सम्पर्कमा आएको हुनुपर्छ ।
त्यो बाहेक कोरोना संक्रमित आमा कोखबाट गर्भनालको माध्यमबाट भाइरस नवजात शिशुमा सर्न सक्दछ ।
यसैबीच मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २५ हजार ६० जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ९५१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७३६ जनाको मृत्यु भईसकेको छ भने ६ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख १६ हजार ८६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया