टोखामा तीन वर्षमा १०६ उजुरी, सबैभन्दा धेरै घरेलु हिंसा

काठमाडौं । टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४र०७५ मा ३१, आव २०७५र०७६ मा ३६ र आव २०७६र०७७ मा ३९ उजुरी दर्ता भएका हुन् । टोखा नगरपालिका न्यायिक समितिका सदस्य एवं टोखा नगरपालिका–७ का वडासदस्य गोपी पाठकले नगरपालिकामा घरेलु हिंसा, जग्गा जमिन मिचिएको, बाटोको झगडासम्बन्धि बढी उजुरी पर्ने गरेको जानकारी दिए ।

टोखा नगरपालिकाले उजुरी परेका १०६ मध्ये २४ उजुरीको फैसला गरिसकेको छ । यस्तै, मुताविकमा १६, काठमाडौँ जिल्ला अदालत पठाएको पाँच, मेलमिलाप गरिएको २०, लगत कट्टा गरिएको १५ र कारवाही प्रक्रियामा रहेको २६ उजुरी छन् ।

न्यायिक समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले बाँकी मुद्दाको पनि चाँडो टुङ्गो लगाउने गरी नगरपालिकाले काम गरिरहेको बताइन् । “हामी निरन्तर छलफलमा छौँ, बन्दाबन्दीका कारण र उजुरी परेका केही व्यक्ति नगरपालिकाभन्दा बाहिर रहेकाले केही मुद्दा टुङ्ग्याउन बाँकी छ”, उनले भनिन् ।

टोखा नगरपालिकाको इजलास हप्ताको हरेक सोमवार बस्दै आएको छ । धेरै मुद्दा भएको समयमा लगातार दुई÷तीन दिनसम्म समेत इजलास बस्ने गर्दछ । टोखाले अब हप्ताको दुई दिन इजलास बस्ने गरी गृहकार्यसमेत अगाडि बढाएको छ । उपप्रमुख डङ्गोलले नयाँ आर्थिक वर्षको शुुरुआतसँगै सबै मुद्दा टुङ्ग्याउने गरी नगरपालिकाले काम गरिरहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?