काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख १० हजार २०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५२ लाख ७९ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच आज हामी तपाईहरुलाई १० जना भन्दा कम कोरोना संक्रमित रहेका देशहरुको बारेमा जानकारी दिनेछौँ ।
८.वेस्ट्रन सहारा
वेस्ट्रन सहारामा अहिलेसम्म १० जनालाई संक्रमण भएको छ भने १ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने एक जनाको उपचार भईरहेको छ ।
७. पपुवा न्यूगिनी
पपुवा न्यूगिनीमा अहिलेसम्म जम्मा १० जनालाई कोरोना संक्रमण भएको छ भने ८ जना निको भएका छन् भने २ जनाको उपचार भईरहेको छ ।
६. एमएस ज्यान्डम
एमएस ज्यान्डममा अहिलेसम्म ९ जनालाई संक्रमण भएको छ भने २ जनाको मृत्यु भईसकेको छ । त्यस्तै त्यहाँ ७ जनाको उपचार भईरहेको छ ।
५. ब्रिटिश भर्जिन आइसल्याण्ड
ब्रिटिश भर्जिन आइसल्याण्डमा अहिलेसम्म ८ जनालाई संक्रमण भएको छ भने १ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
४. क्यारेबियन नेदरल्याण्ड्स
क्यारेबियन नेदरल्याण्ड्समा अहिलेसम्म ७ जनार्ला संक्रमण भएको छ भने ७ जना नै स्वास्थ्योपचार पछि निको भएका छन् ।
३. एसटी बर्थ
एसटी बर्थमा अहिलेसम्म ६ जनालाई संक्रमण भएको छ भने ६ जना नै स्वास्थ्योपचार पछि निको भएका छन् ।
२. एन्जुइल्ला
एन्जुइल्लामा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जना नै संक्रमण मुक्त भएका छन् ।
१. सेन्ट पिरर मिकेलन
सेन्ट पिरर मिकेलनमा अहिलेसम्म जम्मा १ जनालाई संक्रमण भएको छ भने उनी संक्रमण मुक्त भईसकेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया