ओलीको तीनवर्षे कार्यकाल : के गरे मन जित्ने काम ?

 एमाले अध्यक्षका रूपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए । उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा हुन थालेको छ ।साउन पहिलो साता अध्यक्षको कार्यभार सम्हालेका ओलीका लागि केन्द्रीय कमिटीमा स्पष्ट बहुमत छ । प्रतिस्पर्धी नेपाल समूहले पनि पार्टी निर्णयमा अवरोध गरेको देखिँदैन । पार्टी सञ्चालन र महाधिवेशनका महत्वपूर्ण एजेन्डा कार्यान्वयनमा ओलीको कमजोरीको खुलेर आलोचना गरे पनि राजनीतिक एजेन्डामा उनको नेतृत्व औसत सफल रहेको नेपाल समूहकै नेताहरूको विश्लेषण छ, नयाँ पत्रिकामा खबर छ ।ओली नेतृत्वका सफल काम१. मूल निर्णयमा सर्वसम्मतस्थायी समिति, पोलिटब्युरो, केन्द्रीय विभाग गठन र केन्द्रीय कमिटी विस्तारजस्ता महŒवपूर्ण सांगठनिक काममा मत विभाजन नभई खनाल, नेपाल र गौतमलाई विश्वासमा लिएर ओलीले सर्वसम्मत निर्णय गराए । ६ दर्जन स्थायी समिति र सातवटा केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म मत विभाजन भएको छैन । केन्द्रीय विभाग गठनमा नेपालले ओलीपछिको दोस्रो शक्तिशाली हैसियतमा रहने गरी विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै, केन्द्रीय विभाग गठनमा पनि मापदण्ड बनाएर सन्तुलन मिलाउन सफल भएका छन् । तर, संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयनमा भने ओलीले पक्षधरता देखाएको भन्दै नेपाल पक्षले आलोचना गर्दै आएको छ ।२. राष्ट्रिय एजेन्डामा एकतासंविधान निर्माणसँग जोडिएको संघीयता, शासकीय स्वरूपलगायत मूल एजेन्डा, सरकार निर्माण, नाकाबन्दीको सामना, विदेश नीतिलगायत राष्ट्रिय मुद्दामा अध्यक्ष ओली, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारी तहका सबै नेताबीच तीन वर्षको कार्यकालमा मतभेद देखिएको छैन । राष्ट्रिय मुद्दामा नेतृत्व तहका सबैलाई सहमत गराएर गुटगत राजनीतिको असर ओलीले राष्ट्रिय राजनीतिमा अहिलेसम्म पर्न दिएका छैनन् । वरिष्ठ नेता खनाल र नेपालले पनि त्यसमा सहयोगी भूमिका निभाइरहेका छन् ।३. संविधान निर्माणमा नेतृत्वदायी भूमिकातत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा संविधान निर्माणको एजेन्डामा असहमति जनाइरहेको तत्कालीन माओवादीलाई सहमतिमा ल्याउन र अन्तिम क्षणमा अडान राखेर संविधान जारी गर्ने काममा ओलीले पार्टी शीर्ष नेताहरूको ‘टिमवर्क’मा सफल नेतृत्व गरेका छन् । कोइराला र प्रचण्डलाई मनाएर विदेशी स्वार्थ हावी हुन नदिने गरी संविधान निर्माणको अन्तिम क्षणसम्म समयभित्र जसरी पनि जारी गर्नुपर्नेमा ओलीको अडान रह्यो ।४. नाकाबन्दीको सामना, राष्ट्रिय हित र एकताको प्रवद्र्धनसंविधान जारी भएपछि भारतीय नाकाबन्दीकै बीचमा नौ महिना सरकारको नेतृत्व सम्हालेका ओलीले राष्ट्रिय हितमा आँच पुग्न नदिकनै फिर्ता गराउन सफल भए । आन्दोलनरत तत्कालीन मधेसी मोर्चासँग संवाद जारी राख्दै संशोधनको मुद्दामा पार्टीको एजेन्डामा टसमस नभईकनै नाकाबन्दी फिर्ता गराएसँगै चीनसँग यातायात तथा पारवहन सम्झौता, पेट्रोलियम खरिद र अन्य केही व्यापारिक सम्झौता गराउने कुरामा नेतृत्वदायी भूमिका खेले । संविधान संशोधनसँग जोडिएको मुद्दामा उनकै भाषामा राष्ट्रिय हित र एकता प्रवद्र्धनसम्बन्धी अडानमा ओली निरन्तर कायम छन् ।५. स्थानीय चुनावमा सफलता६ वटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले २७६ तह अर्थात् करिब ४५ प्रतिशत सिट जितेर पहिलो दल बनेको छ । पछिल्लो संविधानसभा निर्वाचनको तुलनामा उल्लेख्य मत बढाएर स्थानीय तहमा पहिलो दल बनेकाले सन्निकट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि ओलीकै नेतृत्वमा एमाले ठूलो दल बन्न सक्ने सन्देश प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?