काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख १० हजार २०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५२ लाख ७९ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच मेक्सिकोमा कोरोनाबाट अहिलेसम्म २५ हजार ६० जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ९५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन् भने ७३६ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ १ लाख ४९ हजार ३१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच बिहीवार मेक्स्किोमा ५ हजार ४३७ जना संक्रमित थपिएका थिए भने ९४७ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमितको हिसावले मेक्सिको विश्वको ११ ओँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया