कोरोना संक्रमितको हिसावले नेपाल कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख १० हजार २०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५२ लाख ७९ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच नेपाल कोरोना भाइरस संक्रमितको हिसावले विश्वको ६५ औँ स्थानमा रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भईसकेको छ भने ११ हजार १६२ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म् नेपालमा स्वास्थ्योपचार पछि निको हुनेको संख्या २ हजार ६५० रहेको छ ।

कोरोना संक्रमितको हिसावले सबैभन्दा अगाडि अमेरिका रहेको छ भने दोश्रोमा ब्राजिल र तेश्रो स्थानमा रुस रहेका छन् । त्यस्तै चौथो नम्बरमा भारत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?