काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म आईपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख १० हजार २०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५२ लाख ७९ हजार ५७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५५ हजार ५४ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ३३ हजार १४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६ लाख ७३ हजार ७२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा बिहीवार मात्रै ४० हजार ६७३ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १८० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया