कोरोनाको प्रकोप : भारतमा बिहीवार थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म आईपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख १० हजार २०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५२ लाख ५५ हजार ७५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको कारण अहिलेसम्म १५ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ९१ हजार १७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ८५ हजार ६७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बिहीवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । बिहीवार मात्रै त्यहाँ १८ हजार १८५ जना संक्रमित थपिएका हुन् । त्यस्तै बिहीवार नै त्यहाँ ४०१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?