काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ४ लाख ९१ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने ९७ लाख १० हजार २०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५२ लाख ५५ हजार ७५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २६ हजार ७८० जनाको मृत्यु भईसकेको छ भने २५ लाख ४ हजार ५८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १० लाख ५२ हजार २९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ३७३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १४ हजार २७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म ५ हजार १२ जनाको मृत्यु भईसकेको छ भने २ लाख १ हजार ४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा अहिलेसम्म् १ लाख ७५ हजार ३४६ जनालाई संक्रमण भएको छ भने १५ हजार १२ जनाको मृत्यु भईसकेको छ ।
यसैबीच अमेरिकामा बिहीवार ४० हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या अमेरिकामा एकैदिन थपिएका कोरोना संक्रमितको संख्यामा आज सम्मकै धेरै हो । र बिहीवार नै अमेरिकामा ६४९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया