स्वास्थ्य मन्त्रालयको यो ‘ग्राफ’मा हेर्नुहोस्, कहाँ कति पुगे संक्रमित? (विवरणसहित)

काठमाडौं । नेपालमा थप ४ सय ३४ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण पुष्टि भएको छ । ४८ जना महिला र ३ सय ८६ जना संक्रमित बितेको २४ घण्टामा थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये पुरुष १० हजार २० जना र महिला १ हजार १ सय ४२ जना छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थपिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेको जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म २ हजार ६५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जसमध्ये २१६ जना महिला छन् भने २४३४ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त हुनहरुको संख्या ३१२ रहेको छ । डिस्चार्ज हुनेहरुमध्ये १९ जना महिला र २९३ जना पुरुष छन्।

नेपालमा हिजो बुधवार एकैपटक ६ सय २९ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।

आरडीटी गरेर घर पठाएपछि आत्महत्या गरेका युवकमा कोरोना रिपोर्ट पोजेटिभ : 

सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।जिल्लाको दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो । बिहीबार पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।उनले भने – ती युवाको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’
ती युवा गत जेठ ११ गते भारतबाट दैलेख आएका थिए । उनी पञ्चकोशी माध्यमिक विद्यालय गमौडीको क्वारेन्टीनमा १४ दिनसम्म बसेका थिए । उनलाई आरडीटी परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

आज थपिएका संक्रमितको यस्तो छ विवरण : 

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना पुरुष,सुनसरीका १ जना पुरुष

कोशी अस्पताल विराटनगर प्रयोशालामा गरिएको परिक्षणमा : सप्तरीका ८ जना पुरुष, सुनसरीका २ जना महिला २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका गरिएको परिक्षणमा : धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका १ जना महिला र १ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका ४ जना महिला र ९ जना पुरुष, बैतडीका १ जना पुरुष, बझाङका ३ जना महिला, १३ जना पुरुष, बाजुराका २ जना महिला, २ जना पुरुष, डडेल्धुराका १ जना महिला, ११ जना पुरुष, कैलालीका २ जना पुरुष, कञ्चनपुरका ११ जना महिला , ४८ जना पुरुष, रौतहटका ३८ जना पुरुष र सर्लाहीका ५ जना

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : पाल्पाका ७ जना महिला र ८६ (छयासी) जना पुरुष

किटजन्य अनुसन्धान तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा : बाराका १ जना पुरुष

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : डोल्पा १ जना पुरुष,काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका १ जना पुरुष र सुनसरीका १ जना पुरुष

त्रिवि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : भक्तपुरका १ जना महिला र ३ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : नवपरासीका १ जना महिला र ४ जना पुरुष, तनँहुका २ जना महिला र ७ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना पुरुष,म्याग्दीका १ जना महिला र ५ जना पुरुष र स्याङजाका १ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा :  नवलपरासीका ३ जना पुरुष,प्यूठानका २ जना महिला र ५ जना पुरुष,पाल्पाका २८ जना पुरुष र रुपन्देहीमा ४ जना महिला र ३ जना पुरुष

भेरी अस्पताल प्रयोगशालमा गरिएको परिक्षणमा : रुकुम पूर्वका १ जना पुरुष, बर्दियाका १ जना महिला र ५ जना पुरुष

सुर्खेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना पुरुष,बझाङका २ जना पुरुष,बाँके १ जना पुरुष, दैलेखका १ जना महिला र १७ जना पुरुष, दार्चुलाका १ जना पुरुष, धादिङका १ जना पुरुष, इलामका १ जना पुरुष, जुम्लाका १ जना पुरुष, कैलालीका १ जना पुरुष, कालिकोटको १ जना महिला र २ जना पुरुष, कास्कीका १ जना पुरुष, लमजुङका १ जना पुरुष र सल्यानका १ जना पुरुष, सुर्खेतका १३ जना पुरुष

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना पुरुष,बाजुराका ४ जना पुरुष,बाँकेका ३ जना पुरुष,दैलेखका १ जना महिला,दाङका १ जना पुरुष, धादिङका १ जना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका १ जना पुरुष, इलामका १ जना पुरुष, जुम्लाका १ जना पुरुष , कञ्चनपुरका १ जना पुरुष, खोटाङका १ जना पुरुष, लमजुङका १ जना पुरुष, ओखलढुङ्गाका २ जना पुरुष, पाल्पाका १ जना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुष

२४ घण्टामा थपिए २ जना मृतक कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष र ललितपुरका अर्का एक पुरुष रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो ।
गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी गत असार ८ गते आइसियूमा भर्ना भएका थिए।
बुधबार राति निधन भएका उनको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेर झडप समेत भएको थियो ।

त्यस्तै कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महालक्ष्मी ५ ललितपुर ठेगाना भएका अर्का एकजना पुरुषको मृत्यु भएको छ ।

उनको ५ महिना अघि मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको थियो । कोखो दुखेका कारण उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना भएका थिए । आज बिहीवार बिहान ५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको मनत्रालयले पुष्टि गरेको छ । उनको अस्पतालको भ्यान्टिलेटरमा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरु दुई महिला र दुई पुरुष रहेका छन् ।

भक्तपुरका चार जनामा संक्रमण देखियो
भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि
ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ललितपुरमा आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा थप ३१२ जनाले जित कोरोना : 
बितेको २४ घण्टामा जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ जना पुरुष, गौरीशंकर मेडिकल कलेज रौतहटबाट ३ जना महिला र ७७ जना पुरुष, सर्लाहीबाट ६९ जना पुरुष, बलम्बुबाट १ जना पुरुष त्रि वि शिक्षण अस्पताल काठमाडौंबाट २ जना पुरुष, आइसोलेसन सेन्टर बाँकेबाट २ जना महिला र ४ पुरुष, बर्दियाबाट २ जना महिला, बाँकेबाट ३ जना पुरुष, आइसोलेशन राप्ती शोनारी बाँकेबाट १ जना महिला र १० जना पुरुष, लायन्स डेन्टल आइसोलेसन बाँकेबाट ६ पुरुष कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशीक अस्पताल सुर्खेतबाट ३ महिला र २९ जना पुरुष, दैलेखबाट १ जना पुरुष, प्रादेशीक अस्पताल धनुषाबाट ४ पुरुष, सप्तरीबाट ३ महिला र १२ पुरुष, धनुषाबाट ३ महिला र ४२ पुरुष र सिराहबाट १ जना पुरुष संक्रमणमुक्त भएर घर फर्केका छन् ।

संक्रमणमुक्त भएका ३ सय १२ जनामध्ये १९ जना महिला र २९३ जना पुरुष रहेका छन् भने संक्रमणमुक्त हुने कुल २ हजार ६ सय ५० जनामध्ये २ सय १६ जना महिला र २ हजार ४ सय ३२ जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?