सुशान्त पछि यी ‘स्टार’ले गरिन् आत्महत्या

काठमाडौं । बलिउड इन्टरटेनमेन्टका लागि सन् २०२० राम्रो छैन भन्दा पनि फरक पर्दैन ।

किनभने बलिउड फिल्म इण्डस्ट्रीमा सन् २०२० मा चर्चित कलाकारहरुको मृत्यु भएको छ ।

इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुतको मृत्यु भएको छ । यसैबीच सुशान्त सिंह राजपुतको घटना सेलाउन नपाउँदै बलिउडमा एक स्टारले आत्महत्या गरेकी छन् ।

१६ वर्षकी टिकटकमा फेमस स्टार सिया कक्करले बिहीवार आत्महत्या गरेकी छन् । उनले आत्महत्या किन गरिन् भन्ने बारेमा अहिलेसम्म केहि पत्ता लागेको छैन ।

घटनाबारे पुलिसले अनुसन्धान थालेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?