काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत चितवनका एकजना पुरुषको मृत्यु भएको हो ।
मृतकको केही महिना अगाडिमात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो । मृतक ५० वर्षीय पुरुष हुन् । उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमणको पुष्टि भएपछि केही दिनयता पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उनको उपचार भइरहेको थियो । यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको थियो । मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । बुधबार राति निधन भएका उनको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेर झडप समेत भएको थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड – १९’ का कारण (बुधबार ४ :१५ बजेको विवरणअनुसार) नेपालमा २४ जनाको मृत्यु भईसकेको, १० हजार ७ सय २८ जना संक्रमित र ११४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया