खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका– १ बाइराँका गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।
यहाँका नागरिकले तिला नदीको दूषित पानी पिउनुपरेको समाचार पटक पटक सञ्चारमाध्यममा आए तापनि गाउँपालिकाले चासो नदिँदा सो वडावासी वर्षौँदेखि स्वच्छ खानेपानीको पहुँचमा पुग्न नसकेको स्थानीयवासी हेमन्त शाहीले बताए ।
करीब १३० घरधुरी भएको सो गाउँमा तीन धारा मात्रै छन् । धारामा पानी आउन्जेल पालो पाउनेले भर्छन्, बाँकीले नदीको पानीबाट तिर्खा मेट्छन् । यहाँका किसानलाई जेठ र असार महिना कामको चाप अत्यधिक हुन्छ ।
कामबाट घर ढिलो फर्केएपछि धाराको पानी लिन राति पुग्ने गरेको स्थानीयवासी कमला शाहीले बताइन् ।
समय भएको दिन दूषित पानी उमालेर पिए पनि कामबाट अबेर आएको दिन त्यसै पिउनुगरेको शाहीको गुनासो छ । बालिका विमला शाहीले सरसफाइ गर्ने मन हुँदाहुँदै पनि पानी अभावले फोहरी हुनुपर्ने बाध्यता रहेको दुखेसो पोखिन् ।
छिमेकी वडाबाट यही असारमा बाइराँकामा पानी पु-याउने गरी काम शुरु भएपनि बन्दाबन्दीपछि काम रोकिएकाले अबको तीन महिनाभित्र गाउँमा खानेपानी पुग्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया