अनलाइन क्षेत्रमा जनउपस्थिति पहिलेभन्दा पनि बढि, हाम्रो गोपनीयतामा यसको अर्थ के रहला ?

काठमाडौं । कोभिड–१९ को महामारी भएदेखि हामीमध्ये धेरैले न्यू नर्मल अपनाइ आ–आफ्नो घरको सुरक्षामा बसेका छौं । यस लगत्तै हाम्रो इन्टरनेट प्रयोग पनि, फोब्र्सका अनुसार, लगभग ७० प्रतिशतले ह्वात्तै बढेको छ । त्यसैले, अहिले हामीले घरबाट काम गरिरहेको बेला, हाम्रा उपकरणहरुको सहायताले टाढा रहेका हाम्रा प्रियजनहरु त्था साथीभाइहरुसँग कुराकानी गर्दा हाम्रो गोपनीय जानकारी पहिलेभन्दा बढी जोखिममा पर्न सक्छ ।

सम्भवत हामीले क्वारेन्टाइनको समयमा लोकप्रिय बनेका धेरै सञ्चार एपहरुमा पनि गोपनीयताको विषयलाई लिएर उठेको खबरहरु आइरहेका छन् । यी प्रायः गरेर भिडियो कन्फरेन्स एप अथवा मोबाइल भिडियो सोसियल नेटवर्किङ्ग एपहरु हुन् जसले हाम्रो डाटालाई तेस्रो पक्षमा लिक गराउन सक्छन् । यस्का साथै कोभिड–१९ को विस्तार रोकथाम गर्न गरिने कन्ट्रयाक्ट ट्रेसिङ्गको लागि निर्माण गरिएका एपहरु प्रयोग गर्नमा समेत सावधान गराइएको छ । यी एपहरु अहिलेको परिस्थितिमा सहयोगी हुने भएपनि तिनले रियल टाइममा स्थलगत डाटा भण्डारण र प्रशोधन गर्न सक्छन् ।

मानिसहरु पनि आफ्ना शौख र रुचीहरुसँग मेल खाने समुदायहरु वा समूहहरुसँग आबद्ध हुने पनि यही दौरान सामाजिक सञ्जालमा अग्रसर भएका छन् । हालको आर्थिक अनिश्चितताको समयमा मानिसहरुलाई सबै सुविधा दिने प्रयास गर्दै अनलाइन मार्केटस्थलहरु पनि धेरै सक्रिय भएका छन् । तर मानिसहरुले के महसुस गर्दैनन् भने त्यस्ता केही सार्वजनिक समुहहरुले प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण अन्य अपरिचित व्यक्तिहरु माझ खुला गरिदिन सक्छन् । अन्य मैसेजिङ्ग एपहरुले प्रयोगकर्ताहरुको व्यक्तिगत एवं गोपनीय च्याटहरु स्क्यान गरी त्यो डाटा लक्षित विज्ञापन गर्नका लागि प्रयोग गर्न सक्छन् । केही एपहरु कानून कार्यान्वयन गर्ने निकायहरुलाई ट्रयाकिङ्ग गर्नका लािग सन्देश तथा डाटाहरु उपलब्ध गराउन सम्म पहुँच राख्न सक्ने हुन्छन् ।

यसले गर्दा एक महत्वपूर्ण प्रश्न अघि आउन सक्छ ः कुन एपलाई तपाईंले यो सामाजिक दूरीको युगमा आफ्नो गोपनीयतासँग साँच्चिकै विश्वास गर्न सक्नुहुन्छ ?

मैसेजिङ्ग एपहरुमध्य एक राकुटेन भाइबरले आम मानिसहरुलाई अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिकाहरु प्रदान गर्दछ । भाइवर प्रयोगकर्ताहरुको डाटा संरक्षण गर्नलाई गरिएको प्रतिबद्धताप्रति ऐक्यबद्धमा आधारित रहेको कम्पनीले जनाएको छ । “अन्य एपहरुले प्रयोगकर्ताकोे डाटा बजारमा प्रवद्र्धन गरी मार्केटिङ्ग अभियानहरुको सुधार गर्न वा अन्य कम्पनीहरुलाई बिक्री गर्न प्रयोग गर्न सक्छन् भने भाइबरबाट प्रेषित निजी सन्देशहरु स्वतः नै इन्क्रिप्टेड हुन्छन्, जसको अर्थ हो कि भाइबरले पनि भाइबर प्रयोगकर्ताहरुको च्याट हेर्न असम्भव नै हुन्छ । भाइबरमा तपाईंले यो सुनिश्चित् गर्न सक्नु हुन्छ कि तपाईंले पठाउनु हुने प्रत्येक सन्देश तपाईंले जुन उपकरणलाई पठाउनु भएको हो, त्यसमा मात्र पढ्न सकिन्छ ।” राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भने ।

कम्पनीका अनुसार अझ एक कदम अघि बढि तथा केही निर्देशनहरु पालना गरी आफ्नो उपकरणमा रह्को सूचना सुरक्षित गर्न सकिनेछ । प्रयोगकर्ताहरुले आफ्नो फोनको गोपनीयता सेटिङ्गस् जाँच गरीे आफ्नो फोनमा भएको कुन कुन एपहरुलाई जहाँबाट पनि डाटाको पहुँचमा पुग्ने अनुमति प्रदान गर्नु भएको छ भनि हेर्न सकिन्छ ।

विभिन्न सामाजिक सञ्जालमा सेयर्ड उपकरण प्रयोग गर्दा संवेदनशील जानकारी संरक्षण गर्न खासगरेर प्रयोगकर्ताले अटो फिल बन्द गर्नु उचित हुुन्छ । निश्चय नै, प्रयोेगकर्ताले आफ्नो काम सकेपछि एपहरुबाट लग आउट गर्नु पर्छ, ताकि हाम्रो पछिको अन्य प्रयोगकर्ताले निजी विवरण देख्न नसकुन् ।

भाइबर पूर्वनिर्धारित नै इन्क्रिप्टेड भएकोले प्रयोगकर्ताले यसबाट आफ्नो डाटा लिक हुने वा बिक्री हुने चिन्ता लिइरहनु पर्दैन । “राकुटेन भाइबरमा हामी गर्वका साथ भन्छौँ कि हाम्रा प्रयोगकर्ताको गोपनीयतालाई हामी अगाडी राख्छौं । हामी तपाईंको डाटा कहिल्यै पनि बिक्री गर्ने छैनाँै र वास्तवमै हामि त्यो डाटा हेर्न समेत सक्दैनौ ” राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?